बढ्यो सार्वजनिक यातायातको भाडा, नयाँ भाडादर कति ? (सूचीसहित) – Nepal Press

बढ्यो सार्वजनिक यातायातको भाडा, नयाँ भाडादर कति ? (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा पनि वृद्धि भएको छ ।

हिजो रातिदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो ।

पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो । यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । जसमा यात्रुवाहक र मालवाहक सवारीको भाडा वृद्धि भएको हो ।

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ प्रतिशतले भाडा वृद्धि भएको छ ।

नयाँ भाडादर आजदेखि नै लागू हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *