विष्णुपुर गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर घुससहित पक्राउ – Nepal Press

विष्णुपुर गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर घुससहित पक्राउ

काठमाडौं । सप्तरी विष्णुपुर गाउँपालिकाका दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको टोलीले कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादवसँग २ लाख नगद र लेखापाल टेकनारायण यादवसँग ३ लाखको चेकसहित नियन्त्रणमा लिएको हो ।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सोलार बत्ती जडानलगायतका योजनामा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा राजविराज-२ बाट उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *