ह्वात्तै बढ्यो पेट्रोल र डिजेल/मट्टितेलको मूल्य, कति पुग्यो ? – Nepal Press

ह्वात्तै बढ्यो पेट्रोल र डिजेल/मट्टितेलको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य ह्वात्तै बढाएको छ ।

निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ ।

इण्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

 


प्रतिक्रिया

One thought on “ह्वात्तै बढ्यो पेट्रोल र डिजेल/मट्टितेलको मूल्य, कति पुग्यो ?

  1. बैंकहरूलाई व्याज घटाएनन भन्ने, राष्ट्र बैंकलाई बैकहरूलाई व्याज घटाउन निर्देशन दिएन भन्ने, एमालेले नियुक्त गरेको गभर्नरले प्रचण्ड सरकारलाई असफल बनाउन व्याज बढायो समेत भन्न भ्याउने प्रचण्ड र महतलाई खुरूखुरू तेलको भाउ बढाउन लाज छैन ? अरूलाई भन्नू चाहिँ किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर