पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित – Nepal Press

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन् ।

मंगलबार भएको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । पारस काठमाडौंको प्रतिनिधि बनेर बागमती प्रदेशको अध्यक्ष लड्ने तयारी गरिरहेका छन् ।

क्रिकेट संघको कार्यसमितिमा पारस प्रवेश गरेको यो पहिलो पटक हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *