पोखराबाट स्कुल ड्रेसमा एकैदिन हराएका तीनमध्ये दुई बालिका काठमाडौंमा भेटिए – Nepal Press

पोखराबाट स्कुल ड्रेसमा एकैदिन हराएका तीनमध्ये दुई बालिका काठमाडौंमा भेटिए

पोखरा । पोखराबाट एकैदिन हराइरहेको ३ बालिकामध्ये २ जना परिवारको सम्पर्कमा आएका छन् । गत साउन १९ गतेदेखि सम्पर्क विहीन भएका ३ जनामध्ये २ जना बालिका परिवारको सम्पर्कमा आएका हुन् ।

हराइरहका मध्ये पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने १४ वर्षीया मनिका परियार र १४ वर्षीया राधिका परियार सम्पर्कमा आएको परिवारले जनाएको छ । परिवारका अनुसार मनिका र राधिका काठमाडौं रहेका छन् ।

मोबाइल लोकेसनका आधारमा उनीहरू काठमाडौंमा भेटिएका हुन् । बालिकाहरू काठमाडौं रहेको थाहा पाएपछि आफूहरू पनि काठमाडौं जाँदै गरेको मनिकाकी आमा सीता परियारले बताइन् । उनले भनिन्, ‘राधिका र मनिका काठमाडौंमा रहेछन् । हामी लिन जाँदै छौँ ।’

१३ वर्षीया एलिसा परियार भने अझै सम्पर्कविहीन छिन् । गत साउन १९ गते विद्यालय जान्छु भनेर हिँडेका ३ बालिका परिवारको सम्पर्कमा थिएनन् । एलिसाको बारेमा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

मनिका र राधिका पोखराको राष्ट्रिय मावि टुँडिखेलमा अध्ययन गर्छन् भने एलिसा विन्ध्यावासिनी माविमा अध्ययन गर्छिन् । तिनै जना काठमाडौं सँगै गएको र त्यसपछि एलिसा सम्पर्कविहीन भएकी हुन् ।

परिवारका अनुसार उनीहरु हराउँदा बखत तीनैजना सेतो सट, निलो स्कटको स्कुल ड्रेसमा थिए । परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *