प्रधानमन्त्रीले भने- फोन ट्यापिङ र डाटा रेकर्ड गर्ने टेरामक्स प्रविधि लागू हुन दिन्नँ – Nepal Press

प्रधानमन्त्रीले भने- फोन ट्यापिङ र डाटा रेकर्ड गर्ने टेरामक्स प्रविधि लागू हुन दिन्नँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा डाटा रेकर्ड प्रणाली लागू गर्न लागेकोमा त्यसलाई कार्यान्वयन हुन नदिने बताएका छन् ।

सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले फोन ट्यापिङ तथा डाटाहरु रेकर्ड गर्ने प्रयोजनाका लागि प्रयोग गर्न खोजिस्को विवादस्पद प्रविधि आफूले कार्यन्वयन हुन नदिने बताए । प्रधानमन्त्रीले भने- मेरो पालामा त्यस्तो प्रविधि लागू हुन दिन्नँ । उपकरण खरिद गरेर ल्याएको भए पनि त्यो म लागू हुन दिन्नँ ।

प्राधिकरणले यो प्रणाली लागू गर्न सबै तयारी थालेर उपकरण समेत करोडौंमा खरिद गरेको छ । नेपाल टेलिकमले सो प्रणालीले ग्राहकको गोपनीयता नरहने भन्दै लागु गर्न नसकिने बताएको छ ।

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीले भने- फोन ट्यापिङ र डाटा रेकर्ड गर्ने टेरामक्स प्रविधि लागू हुन दिन्नँ

  1. लागू गर्न प्रस्ताव ल्याउने सञ्चारमन्त्री दिन्न भन्ने प्रधानमन्त्री । नौटंकी । शिक्षा ऐन मन्त्रीपरिषदबाट पास गर्ने अनि झुक्काए भनेर फिर्ता लिने । यस्ता चटके त देशको प्रधानमन्त्री छन् । के हुन्छ अब देशमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर