बडीकेदार गाउँपालिकामा पुग्यो विद्युत – Nepal Press

बडीकेदार गाउँपालिकामा पुग्यो विद्युत

डोटी । डोटीको बडीकेदार गाउँपालिकावासीको विद्युत सेवामा पहुँच पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणको दिपायल कार्यालयका प्रमुख शिवशङ्कर सोनीले गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं २ को खड्यौलीमा बिजुली बलेको जानकारी दिए ।

प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा गाउँपालिकाको मुकामसम्म बिजुली विस्तार गरिएको सोनीले बताए । आर्थिक वर्ष २०७९/०८० को टेन्डर अनुसार ११.४७ किलोमिटर विद्युत लाइन विस्तार गरिएको हो ।

स्थानीय सालमुनी हाइड्रोपावरबाट बडीकेदारमा लाइन दिइएको प्राधिकरणले जनाएको छ । विद्युतको गाउँपालिका अध्यक्ष भैरवबहादुर साउदले उद्घाटन गरेका छन् ।

सो क्रममा बडीकेदार गाउँपालिकाका सबै वडामा बिजुली विस्तारका लागि साढे १२ करोडको ठेक्का सम्झौता गरिएकोले दुई वर्षभित्र सबै वडामा बिजुली विस्तारको काम हुने गाउँपालिका अध्यक्ष साउदले बताए ।

विद्युत नहुँदा गाउँपालिकाबाट प्रवाह हुने सेवामा समेत समस्या भइरहेको बताउँदै उनले अब अन्य वडाका जनताले पनि छिट्टै बत्ती बाल्न पाउने औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *