आन्तरिक राजस्व विभागले गर्‍यो एक हजार ९०० भन्दा बढी करदातामाथि छानबिन – Nepal Press

आन्तरिक राजस्व विभागले गर्‍यो एक हजार ९०० भन्दा बढी करदातामाथि छानबिन

काठमाडौं । आन्तरिक राजस्व विभागले ५ हजार २६६ करदाताको कर परिपालनाको परीक्षण (फुल अडिट) गरेको छ । करदाताले बुझाएको विवरण ठीक भए/नभएको एकिन गर्न विभागले २ प्रतिशत करदाता छनोट गर्दै पूर्ण कर परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

आयकर ऐन २०५८ अनुसार करदाताले आफ्नो आय स्वघोषणा गरेर कर तिर्नुपर्छ । हाल ५५ लाख ५४ हजार करदाता विभागमा दर्ता छन् । विभागका उपमहानिर्देशक अर्जनु भट्टराईले कानूनी व्यवस्थाअनुसार छनोट गरिएका करदाताको पूर्ण कर परीक्षण गरेको जानकारी दिए ।

विभागले प्रत्येक आर्थिक वर्षको मंसिर मसान्तसम्म पूर्ण कर परीक्षण गर्नुपर्ने करदाता छनोट गर्दै कार्यालयमा अनुसन्धानका लागि पठाउने गर्छ ।

आयकरतर्फ विवरण बुझाउने ५२.२४ र मूअकतर्फ ६१.७३ प्रतिशत रहेको विभागले जनाएको छ । गत वर्ष विभागले ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ७९ अर्ब रुपैयाँमात्रै राजस्व संकलन गरेको थियो ।

विभागले झूटा तथा नक्कली बिल बिजक प्रयोग गरेका १ हजार ९८६ करदातामाथि छानबिन तथा अनुसन्धान गरेको पनि जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *