समानान्तर कमिटीको तयारीमा रहेको नेविसंघ इतर समूहले महामन्त्रीद्वयलाई बुझायो विधान – Nepal Press

समानान्तर कमिटीको तयारीमा रहेको नेविसंघ इतर समूहले महामन्त्रीद्वयलाई बुझायो विधान

काठमाडौं । नेविसंघका असन्तुष्ट पक्षले माउ पार्टी कांग्रेसका शीर्ष नेताहरूलाई नेविसंघको विधान बुझाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई उनीहरूले नेविसंघको विधानबमोजिम समिति घोषणा गर्न माग राख्दै संघको विधान बुझाएका हुन् ।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विधानविपरीत जम्बो समिति बनाएको तथा मनोमानी ढंगले नियुक्ति गरेको भन्दै इतर समूह आन्दोलित छ । विधानविपरीत गरिएका मनोनयन फिर्ता नलिए समानान्तर कमिटीसम्म बनाउने उनीहरूको तयारी छ ।

पहिलो चरणमा विधानबमोजिमको समिति घोषणा गर्न दबाब दिने, तर अध्यक्षले निर्णय नसच्याए तदर्थ समिति बनाएर अगाडि बढ्ने निर्णय भएको इतर समूहका नेता विनोद शाही ठकुरीले बताए ।

‘शेर्पाले मनोमानी गर्नुभयो, पुराना र खटिएकालाई पाखा लगाउन खोज्ने, पुराना र ज्येष्ठ सदस्यको मानमर्दन गर्ने, नेताका खल्तीका मान्छेलाई सदस्य बनाउने निर्णय सच्चिनुपर्छ’, शाहीले बताए ।

इतर समूहले नेविसंघको विधान उल्लंघन कार्यमा महामन्त्रीद्वयको भूमिकामा असन्तुष्टि जनाएपछि थापा र शर्माले माग सम्बोधनमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

शाहीले भने, ‘विधानसम्मत् समिति बनाउने कुरामा समर्थन रहेको उहाँहरूले बताउनुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर