पथरीशनिश्चरेमा पतिको कुटाइबाट पत्नीको मृत्यु – Nepal Press

पथरीशनिश्चरेमा पतिको कुटाइबाट पत्नीको मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरेमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा कुटपिट हुँदा पथरी शनिश्चरे नगरपालिका-५ जयनगरका ६४ वर्षीय हर्कजंग लिम्बूले पत्नी ६३ वर्षीया कर्णमायाको हत्या गरेका हुन् । घरायसी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान साढे ११ बजेतिर कर्णमायालाई कुटपिट गरेर घाइते बनाएका थिए ।

पतिको कुटाइले घाइते भएकी भएकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । नोबेलले सोमबार रेफर गरेपछि थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार उपचारकै क्रममा राति १० बजेतिर कर्णमायाको मृत्यु भएको हो । घरयासी विवाद भनेपनि प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *