प्रचण्ड-माधवलक्षित ओलीको टिप्पणी : दक्षिणपन्थी स्वार्थको झोले हुन् (भिडिओ) – Nepal Press

प्रचण्ड-माधवलक्षित ओलीको टिप्पणी : दक्षिणपन्थी स्वार्थको झोले हुन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई लक्षित गरेर दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरेका छन् ।

बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उनले नेता नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताए ।

उनले भने, ‘हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन् । त्यसलाई भन्छन् झोले । नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुन् । शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर