गुल्मीमा अरिङ्गालले टोकेर २१ वर्षे युवाको मृत्यु – Nepal Press

गुल्मीमा अरिङ्गालले टोकेर २१ वर्षे युवाको मृत्यु

रुपन्देही । गुल्मीमा अरिङ्गालले टोकेर एक युवाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका २१ वर्षका शैलेस सिंह ठकुरीको अरिङ्गालले टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको देविस्थान सामुदायिक जङ्गलमा अरिङ्गाल पोल्न गएका ठकुरीलाई सोमबार साँझ अरिङ्गालले टोक्दा घाइते भएको थिए।

मंगलबार बिहान उपचारको लागि सदरमुकामस्थित तम्घास अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर