मुगुमा जीप दुर्घटना, ४ जनाको मृत्यु – Nepal Press

मुगुमा जीप दुर्घटना, ४ जनाको मृत्यु

मुगु । मुगु जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहरा र पिउस परियार रहेका छन् ।

यस्तै गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहरा पनि घाइते भएका छन् ।

गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नंको बोलेरो जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जीप सडकबाट दुई सय मिटर तल खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *