संस्थाका हित विपरीत भएका भाडाका सम्झौता खारेज गर्ने नेपाल बाल संगठनको निर्णय – Nepal Press

संस्थाका हित विपरीत भएका भाडाका सम्झौता खारेज गर्ने नेपाल बाल संगठनको निर्णय

काठमाडौं । नेपाल बाल संगठनले, संस्थाको हित विपरीत हुने गरी भएका भाडाका सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनले संस्थाको हित विपरीत यसअघि विभिन्न समयमा भएका लिज सम्झौता खारेज गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले संगठनको सम्पत्ति पुन संगठनकै भोग चलन तथा नाममा ल्याउनका लागि विभिन्न सरोकारवाला निकायमा पत्राचार गरीसकेको भन्दै बालबालिका र संगठनको हित विपरीत गरिएका लिज भाडाका सम्झौताहरू खारेज गर्ने निर्णय गरिएको बताइन् ।

उनले आफूहरूको उक्त निर्णयमा सबैको साथ सहयोगको आवश्यक रहेको भन्दै सहकार्यको लागि आग्रह समेत गरिन् ।

‘नेपाल बाल संगठनको सम्पत्ति पुन संगठनकै भोग चलन तथा नाममा ल्याउनका लागि विभिन्न सरोकारवाला निकायमा पत्राचार तथा पहल गरिसकिएको छ’, उनले भनिन्, ‘कतिपय जिल्लाहरूमा अनुगमन तथा निरीक्षण गरी सम्पत्ति फिर्ता समेत ल्याइएको छ । बालबालिका र संगठनको हित विपरीत गरिएका लिज भाडाका सम्झौताहरू खारेज गर्ने निर्णय गरिएको छ । यस कार्यमा हामीलाई तपाईंहरू सबैको सहयोग तथा सहकार्यको आवश्यकता रहेको छ ।’

संगठन अन्तर्गत सञ्चालित बालगृहरूमा संरक्षित बालबालिकाहरूलाई आवासको कठिनाइ भइरहेको संगठनले जनाएको छ ।

संगठनका अनुसार नक्साल बालगृहमा बर्सातको पानी पसेका कारण अव उनीहरूलाई कहाँ राख्ने भन्ने समस्या भइरहेको छ भने नेपाल बाल संगठनको केन्द्रीय कार्यालय रहेको सीता भवन भूकम्पका कारण भत्किएको तथा हाल पुनः निर्माणको काम भई रहेको र कहिले सम्पन्न हुन्छ सोको यकिन समेत नभएको अवस्था रहेका कारण यस्तो समस्या आएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *