एमाले संगठन विभाग सचिवमा माधव ढुंगेल मनोनीत – Nepal Press

एमाले संगठन विभाग सचिवमा माधव ढुंगेल मनोनीत

काठमाडौं । नेकपा एमालेको संगठन विभागको सचिवमा माधव ढुंगेल मनोनीत भएका छन् । आज बसेको सचिवालय बैठकले ढुंगेललाई संगठन विभागको सचिवमा मनोनीत गरेको केन्द्रीय प्रचार तथा प्रशासन विभाग सचिव गगन विष्टले बताए ।

ढुंगेल अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् भने राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्षसमेत बनिसकेका छन् । उनले विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका छन् ।

नवौं महाविधेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित रामेछापका ढुंगेल पार्टी युवामाझ लोकप्रिय मानिन्छन् । ढुंगेलले सम्हालेको संगठन विभाग पार्टीमा महत्वपूर्ण मानिन्छ । संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी छन् ।


प्रतिक्रिया

One thought on “एमाले संगठन विभाग सचिवमा माधव ढुंगेल मनोनीत

  1. बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर