नक्कली भुटानी शरणार्थी प्रकरण : थप १८ जना पीडितले दिए किटानी जाहेरी – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरण : थप १८ जना पीडितले दिए किटानी जाहेरी

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने लोभ देखाएर ठगिएको भन्दै थप १८ जना पीडितले उजुरी हालेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको भन्दै छुट्टाछुट्टै किटानी जाहेरी परेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

काठमाडौंमा सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौंलगायतका जिल्लाहरूका १८ जना पीडितहरूले उजुरी दिएको प्रहरीले बताएको छ ।

उक्त जाहेरी दरखास्त आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको रेग्मीले बताए ।

यस प्रकरणमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत पुर्पक्षमा थुनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर