दलको बैठकमा सांसदहरुलाई देउवाको निर्देशन- आलोचना गरेपनि अनुशासन बसेर गर्नुस् – Nepal Press

दलको बैठकमा सांसदहरुलाई देउवाको निर्देशन- आलोचना गरेपनि अनुशासन बसेर गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरुलाई अनुशासनमा बसेर बोल्ने निर्देशन दिएका छन् ।

संसदीय दलको बैठकमा बोल्दै दलका नेता समेत रहेका देउवाले आलोचना गरेपनि अनुशासनभन्दा बाहिर नजाने चेतावनी दिए ।

उनले भने, ‘राष्ट्रिय मुद्दा, जनताको विषयमा बोल्नुस्, आलोचना गर्नुहोस् तर, अनुशासनमा बसेर बोल्नुपर्छ । बोल्ने क्रममा आधारभूत मुल्य मान्यतामा बाहिर गएर नबोल्नुहोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर