दलको बैठकमा देउवाले भने- तस्करी रोक्न कर लगाएर सुनको आयात खोल्नुपर्छ – Nepal Press

दलको बैठकमा देउवाले भने- तस्करी रोक्न कर लगाएर सुनको आयात खोल्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सुनमा कर लगाएर आयात खोल्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सुनको आयात खोल्नुपर्ने राय राखेका हुन् ।

उनले बैठकमा भने, ‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला नहुँदा तस्करी मौलाएको छ । यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ ।’

सुन तस्करी प्रकरणलाई लिएर कांग्रेस बैठकमा चर्को बहस छ । छानबिनको लागि नेताहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर