मन्त्रीको पदभार सम्हाल्दै अनितादेवीले भनिन्- जनसेवा पहिलो प्राथमिकता (भिडिओ) – Nepal Press

मन्त्रीको पदभार सम्हाल्दै अनितादेवीले भनिन्- जनसेवा पहिलो प्राथमिकता (भिडिओ)

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन् ।

सिंहदरबारमा पदभार ग्रहणपछि उनले संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने बताइन् ।

साहले भनिन्, ‘मन्त्रालयको जति पनि काम कारबाही हुन्छ । आम नागरिकलाई कसरी सहज ढंगले सेवा प्रवाह गर्नसक्छौं । त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ । आम नागरिकको तर्फबाट हामी यहाँ आएका छौं । पार्टीको कुरा यसमा आएन । संविधानअनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्नसक्छौं ? त्यसमा लाग्ने हो ।’

जनमत पार्टीको तर्फबाट साह मन्त्री बनेकी हुन् । यसअघि माओवादी केन्द्रको तर्फबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका अमनलाल मोदीलाई माओवादीले आइतबार फिर्ता बोलाएको थियो ।

अब्दुल खानलाई प्रधानमन्त्री दाहालले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर