नेकपा एसनिकट अनेरास्ववियूको महाधिवेशन आयोजक समिति बन्दै, सुदेश पराजुली बिदा हुने – Nepal Press

नेकपा एसनिकट अनेरास्ववियूको महाधिवेशन आयोजक समिति बन्दै, सुदेश पराजुली बिदा हुने

काठमाडौं । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूको २३ औँ महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ ।

आयोजक कमिटी गठनका लागि स्थायी कमिटी बैठकको मिति तय गर्न आज पदाधिकारी बैठक बसिरहेको छ ।

केन्द्रीय पदाधिकारीको बैठकले विभिन्न एजेन्डामा छलफल गरी स्थायी कमिटी बैठकको मिति तोक्ने र सोही बैठकले आयोजक कमिटी गठन गर्ने अध्यक्ष सुदेश पराजुलीले बताए ।

आयोजक कमिटी गठनसँगै अध्यक्ष पराजुलीले अनेरास्ववियूबाट बिदा लिने भएका छन् । एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो ।

एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो ।

आयोजक कमिटीको संयोजकमा आरती लामा वा माधव पन्तमध्ये एकजनाको नाममा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा संघीय शिक्षा ऐनको बारेमा समेत छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर