सीआईबीको दाबी- मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टर समात्न पुग्यौं – Nepal Press

सीआईबीको दाबी- मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टर समात्न पुग्यौं

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टरलाई नक्कली भनेर समात्न पुगेको दाबी गरेको छ ।

पक्राउ गरिएका डा. रञ्जितकुमार यादवलाई काउन्सिलको पत्रपछि छाडिएको सीआईबीले जनाएको छ । काउन्सिलले भुलबस यादवको नाम समावेश भएको भन्दै पत्र पठाएपछि यादवलाई छाडिएको सीआईबीले बताएको छ ।

यसअघि नक्कली शैक्षिक प्रमाण पत्र बनाएर एमबीबीएस अध्ययन गरेको भन्दै सीआईबीले यादवलाई साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो ।


प्रतिक्रिया

One thought on “सीआईबीको दाबी- मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टर समात्न पुग्यौं

  1. भुल गरेकाे भनेर पन्छिन पाइन्छ? किन निर्दाेष लाई समातेको? भुल गर्ने काउन्सिल लाई कार्बाही गर्नु पर्छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर