विदेशको कार्यक्रम छोट्याएर स्वदेश फर्किँदै माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विदेशका कार्यक्रम छोट्याएर नेपाल फर्कने भएका छन् ।
साउन २२ गते प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड लगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका नेपाल भोलि स्वदेश फर्कने भएका छन् ।
ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै उनी युरोपका लागि उडेका थिए । उनकाे भदौ १ गते स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छाेट्याइएकाे हाे ।
उनको सचिवालयका अनुसार सर्वोच्च अदालतको फैसलाबारे नेपाल जानकार रहेका छन् ।
साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।
१५ दिन घुम्दा पनि अझै छोट्याएर रे । हेर