मोबाइल र गेस पेपर भेटिएपछि पूर्व मेयरसहित ५० जना स्नातकको परीक्षाबाट निकालिए – Nepal Press

मोबाइल र गेस पेपर भेटिएपछि पूर्व मेयरसहित ५० जना स्नातकको परीक्षाबाट निकालिए

कैलाली । स्नातक तह दोस्रो वर्षको परीक्षाबाट कैलालीको गौरीगंगाका पूर्वमेयर भीम देउवा सहित ५० जनालाई आज निष्कासन गरिएको छ ।

आजदेखि सुरु भएको परीक्षामा चिट चोरेको भन्दै उनीहरूलाई निकालिएको हो । लम्की बहुमुखी क्याम्पसमा ६ क्याम्पस ८०० विद्यार्थीले आज परीक्षा दिएका हुन् । उनीहरु मध्ये चिट चोर्दै गर्दा पूर्व मेयरसहित ५० जनालाई क्याम्पस स्रोतले बताएको छ ।

लम्की बहुमुखी क्याम्पसका प्रमुख अमर रावलले खप्तडे परीक्षा केन्द्रबाट करिब ५० जना निकालिएको पुष्टि गरे । खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत पूर्व मेयर देउवा मोबाइल र गेस पेपर राखे अवस्थामा फेला परेका थिए । आज स्रोत केन्द्र रहेको लम्की बहुमुखी क्याम्पसका मात्रै १७ जना र अन्य ५ क्याम्पसका ३३ जना निकालिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *