प्रतिपक्षी नेताको प्रशंसा गर्दै गर्दा घरकालाई नभुल्न सुनिल शर्मालाई राजेन्द्र बजगाईँको सुझाव – Nepal Press

प्रतिपक्षी नेताको प्रशंसा गर्दै गर्दा घरकालाई नभुल्न सुनिल शर्मालाई राजेन्द्र बजगाईँको सुझाव

संसदीय दलको बैठकमा बजगाईँले भने- प्रतिपक्षी नेताको अगाडि सांसदलाई ‘तँ झिल्के’ नामकरण गर्ने कांग्रेसका नेताहरूप्रति घोर आपत्ति छ

काठमाडौं । कांग्रेस सांसद राजेन्द्र बजगाईले अर्का सहकर्मी डा. सुनिल शर्मालाई प्रतिपक्षी दलका नेताको प्रशंसा गर्दैगर्दा घरकालाई नभुल्न आग्रह गरेका छन् ।

संसदीय दलको आइतबारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा बजगाईँले शर्मामाथि राज्यले अहिले ज्यादती नै गरेको भन्दै विनाकसूर धरपकड भए पनि उनले संयम अपनाउनुपर्ने बताए ।

बजगाईँले भने, ‘माननीय सुनिल शर्माजीलाई कृतज्ञता वा असन्तुष्टि व्यक्त गर्दा होस पुर्‍याउन मेरो आग्रह छ । उहाँमाथि अहिले दुःख परिरहेका बेला हामी उहाँप्रति आक्रामक बन्न पनि हुँदैन । उहाँले पनि प्रतिपक्षका नेताहरूको प्रशंसा गर्दैगर्दा घरकालाई भुल्न हुन्न ।’

असन्तुष्टि र कृतज्ञता व्यक्त गर्ने आ आफ्नो शैली तथा प्रचलन रहने स्मरण गराउँदै उनले चीन र मलेसियाको उदाहरण समेत दिएका थिए ।

बजगाईको भनाइ थियो–सन् २००२ मा चीनमा एक जोडी अमेरिकन घुम्दै थिए,उनीहरुको क्यामेरा चोरी भएछ र प्रहरीमा रिपोर्ट गरिएछ । चोरी गर्नेहरुी फत्राउ परे उनीहरुलाई पर्यटककै साम्ने गोली हानेर मारियो । गत अगस्ट ४ मा मलेसियामा मेरो पकेट मारियो । मैले रिपोर्ट गर्न पहिले मलेसियाको कानून पढेँ । त्यहाँ कोर्रा र सात वर्ष जेल सजाय रहेछ,कुनै खास कम्प्लने नगरी स्वदेश फर्केँ । त्यसैले हामीले कम्प्लेन गर्दा पनि संयम अपनाउनुपर्छ ।

बैठकमा सांसद बजगाईँले संसदमा कांग्रेसको गरिमा बढाउने काम नभएको भन्दै एकले अर्कोलाई कसरी सक्नेभन्नेमा केन्द्रित भएको बताए ।

बजगाईँले भने, ‘कांग्रेसमा हार्मोनी एकता छैन । एकले अर्कोलाई कसरी सक्ने भन्ने चिन्ता छ । प्रतिपक्षको नेताको अगाडि तँ भन्ने, झिल्के नामकरण गर्ने नेताहरू कांग्रेसमा हुनुहुन्छ । यसप्रति मेरो गम्भीर आपत्ति छ ।’

बजगाईँले शेयर बजार चलायमान नभएको भन्दै यसप्रति अर्थमन्त्रीको क्रियाशीलता आवश्यक रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर