मन्त्री फिर्ता बोलाउनेबारे छलफल गर्न बालुवाटारमा माओवादी पदाधिकारी बैठक – Nepal Press

मन्त्री फिर्ता बोलाउनेबारे छलफल गर्न बालुवाटारमा माओवादी पदाधिकारी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा बसेको छ । मन्त्रिपरिषद् हेरफेरको विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक राखेका हुन् ।

बालुवाटारमा जारी बैठकमा पार्टी पदाधिकारी र माओवादीबाट मन्त्री बनेकाहरू पनि सहभागी भएको जनाइएको छ ।

माओवादीले पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको छ। माओवादीबाट गरिने हेरफेरमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउन लागिएको बुझिएको छ ।

नुवाकोट १ बाट निर्वाचित तामाङ सिनियर नेतासमेत भएकाले उनलाई मन्त्री बनाउन प्रचण्डलाई पार्टीमा दबाब थियो । उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बनेका थिए । उनी युवा खेलकुदमन्त्री समेत भएका थिए ।

असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भइसकेको छ । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै सिफारिस भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर