यी स्थानमा परिरहेको छ झरी, सतर्क रहन सुझाव


विभागको गत २४ घण्टाको विवरणअनुसार वर्षा भएका २३३ वटा केन्द्रहरुमध्ये सबैभन्दा बढी मकवानपुरको हेटौंडामा भएको छ । त्यहाँ १३९.२ मि.मि. वर्षा भएको छ भने मापन गरिएका केन्द्रहरुमध्ये १७४ वटा केन्द्रहरुमा १० मि.मि. भन्दा बढी, ११४ वटा केन्द्रहरुमा २५ मि.मि. भन्दा बढी, ४५ वटा केन्द्रहरुमा ५० मि.मि. भन्दा बढी र ९ वटा केन्द्रहरुमा १०० मि.मि भन्दा बढी वर्षा भएको विभागले उल्लेख गरेको छ ।
विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक, दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारण्लाई विभागले आग्रह गरेको छ ।