मोरङको सुन्दरहरैँचामा भारतीय युवाको शव फेला, हत्याको आशंका – Nepal Press

मोरङको सुन्दरहरैँचामा भारतीय युवाको शव फेला, हत्याको आशंका

विराटनगर । मोरङको सुन्दरहरैँचा १२ स्थित पैनीमा भारतीय युवाको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका-१२ मा भारतीय युवाको शव शंकास्पद अवस्थामा भेटिएको हो ।

भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो १२ः३० बजेतिर फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर