पब्लिक युथ क्याम्पसमा भएको घटनाका राजनीतिक संरक्षण नगरी निष्पक्ष छानबिन गर्न अनेरास्ववियुको माग – Nepal Press

पब्लिक युथ क्याम्पसमा भएको घटनाका राजनीतिक संरक्षण नगरी निष्पक्ष छानबिन गर्न अनेरास्ववियुको माग

काठमाडौं । अनेरास्ववियुले पब्लिक युथ क्याम्पसमा भएको घटनाप्रति आपत्ति जनाएको छ ।

नेपाल विद्यार्थी संघबाट उम्मेदवार भई निर्वाचित स्ववियु अध्यक्षले स्ववियुका पदाधिकारीहरुसँग सल्लाह नगरी कार्यक्रम आयोजना गरी क्याम्पस प्रमुख बलराम थापाको सहयोगमा हतियार सहितका भाडाका गुण्डाहरुल्याई अनेरास्ववियुका उम्मेदवार भई निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निषेध गर्ने कार्यको विरोध जनाउँदा आक्रमणको भएको अनेरास्ववियुको दाबी छ ।

संगठनका अध्यक्ष समिक बडाल आइतबार एक विज्ञप्ति जारी गर्दै आक्रमणको विरोध गरेका हुन् ।

उक्त आक्रमणबाट स्ववियु सचिव निराजन विक्रम शाही, कोषध्यक्ष पे्रमराज पनेरु लगायत सदस्यहरु सुनिल थापा, अनेरास्ववियुका नेता आदित्य भण्डारी समेत घाइते भएकोमा उल्टै सत्तारुढ दलको प्रभावमा परेर प्रहरी वृत्त लैनचौरले एकपक्षीय ढंगले अनेरास्ववियुबाट उम्मेदवार भई निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई फँसाउने नियतले नेपाल विद्यार्थी संघ निकटहरुले दिएको झुट्टा जाहेरी दर्ता गरी जनक भण्डारीलाई समेत पक्राउ गरेकोप्रति आपत्ति जनाए ।

विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु पब्लिक युथ क्याम्पसका अध्यक्ष क. लक्ष्मण दुलालले दिएको जाहेरी लिन नमानेको कार्य प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरी प्रशासनको भूमिका निष्पक्ष नहुँदा क्याम्पस पढ्ने विद्यार्थीहरु बिना कसुर प्रहरी हिरासतमा पर्नु मानव अधिकारको गम्भीर उल्लंघन भएको अनेरास्ववियुको ठहर छ ।’

नेपालको संविधानको प्रस्तावनामा कानुनी राज्यको अवधारणाको रहेको र मौलिक हकको धारा २० मा न्याय सम्बन्धि हकलाई व्यवस्था रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक स्वार्थबाट अभिप्रेरित भई एकपक्षीय ढंगले प्रहरी वृत्त लैनचौरले गरेको कार्य कानुनी राज्यको अवधारणा माथिको भद्दा मजाक हो भने मौलिक हक माथिको हस्तक्षेप हो । यस सम्बन्धमा अनेरास्ववियु आवश्यक कानुनी प्रकृया अबलम्बन गरी न्याय निसाफको लागि लडिरहनेछ ।’

क्याम्पसहरुमा हुने झैझगडालाई राजनीतिक संरक्षण नगरी निष्पक्ष अनुसन्धान गर्न र निर्दोष विद्यार्थी जनक भण्डारीलाई अबिलम्ब रिहाइको प्रक्रिया बढाउन प्रहरी प्रशासन समक्ष माग गरेको छ । नेपाल विद्यार्थी संघलाई शिक्षण संस्थाहरुमा अराजकता र गुण्डागर्दी जस्ता गतिविधिहरु बन्द गर्न चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर