सुनिल शर्माबारे ओली- सर्टिफिकेट नजाँच भनेका छैनौं, तर रिसइबी साँधियो (भिडिओ) – Nepal Press

सुनिल शर्माबारे ओली- सर्टिफिकेट नजाँच भनेका छैनौं, तर रिसइबी साँधियो (भिडिओ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सांसद सुनिल शर्माको बचाउमा उत्रिएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सिआइबीले शर्मालाई पक्राउ गरेपछि ओलीले शर्माको बचाउ गरे ।

सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सुनिल शर्माबारे छानबिन नगर भनेको होइन । अदालतले त तत्कालै छाडिदियो नि । समात्नै नहुने थियो, छानबिनबाट ठहर्ने नठहर्ने त थाहा थिएन । हतार हतार उनलाई पक्राउ गरेर गिरफ्तार गर्नुपर्ने किन ?’

सुन तस्करी र ललिता निवास छाडेर सरकार एउटा व्यक्तिसँग रिसइबी साँध्न शर्मालाई पक्राउ गरेको आरोप लगाए ।

उनले भने, ‘सुनिल शर्माको सर्टिफिकेटको म जाँचकी होइन, हामीले सर्टिफिकेट नजाँच भनेका छैनौँ । एउटा सांसदलाई कार्यकर्ताबाट उजुरी हलाएर गिरफ्तार गरिएको छ । के सुनिल शर्मा जस्तो हस्पिटल चलाएको सांसद यस्ता कुरामा देश छोडेर जाला ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर