धनुषाको मिथिला विहारी नगरपालिकामा अख्तियारको छापा – Nepal Press

धनुषाको मिथिला विहारी नगरपालिकामा अख्तियारको छापा

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको छ ।

व्यापक भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नगरपालिकामा छापा मारेको हो ।

अख्तियारका अधिकारीहरू करिब दुई घण्टादेखि नगरपालिकाको कार्यालयमा छन् । अहिले बाहिरका व्यक्तिलाई पस्न दिइएको छैन । अख्तियारका अधिकारीले उजुरी परेका विषयमा सम्बन्धित कागजात कर्मचारीसँग मागेको स्रोतले जनाएको छ ।

नगरपालिकामा ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम, सिपमूलक तालिम, स्ट्रीट लाइट र चापाकल जडान, फर्निचर खरिद, इन्धन तथा सवारी ममर्तलगायतको शीर्षकमा करोडौं भ्रष्टाचार भएको उजुरी अख्तियारमा परेको छ ।

अख्तियारको टोली आएको थाहा पाएपछि नेकपा एमालेका स्थानीय नेता धर्मनाथ यादवले ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै दबाब दिँदै प्रदर्शनसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *