तस्बिरमा हेर्नुस् कांग्रेस संसदीय दलको बैठक, पहिलो बैठकअघि पक्राउ परेका सुनिल शर्मा दोस्रोमा सहभागी – Nepal Press

तस्बिरमा हेर्नुस् कांग्रेस संसदीय दलको बैठक, पहिलो बैठकअघि पक्राउ परेका सुनिल शर्मा दोस्रोमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक सुरू भएको छ । संसदको अवरोधसहित समसायिमक राजनीति, पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्नको लागि कांग्रेसको बैठक बसेको हो ।

शुक्रबार बसेको बैठकले सांसद शर्मा पक्राउ प्रकरणमा आजको बैठकले आधिकारिक धारणा बनाउने बताएको थियो । नक्कली सर्टिफिकेटको आरोपमा डा. शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।

कांग्रेस बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले चालेको कदममा नेताहरूले प्रश्न उठाएका थिए । थुनामुक्त भएका सांसद शर्मा पनि आजको बैठकमा सहभागी छन् । उनी शुक्रबारको बैठकमा थिएनन् ।

शुक्रबार प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको आधिकारिक धारणा आइतबारको बैठकपछि सार्वजनिक गर्ने बताएका थिए ।

सांसद शर्माले बिहान बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । माओवादीसँगको गठबन्धनले पार्टी खिइने भन्दै उनले कांग्रेस-एमाले मिलेर सरकार गठन गर्नुपर्ने प्रस्ताव आजको दलको बैठकमा राख्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर