लगातार ५ सिजनका सर्वाधिक गोलकर्ता एमबाप्पे पहिलो खेलमा दर्शकमा सीमित, खेलभर मलिन अनुहार – Nepal Press

लगातार ५ सिजनका सर्वाधिक गोलकर्ता एमबाप्पे पहिलो खेलमा दर्शकमा सीमित, खेलभर मलिन अनुहार

पेरिस । स्ट्रार स्ट्राइकरद्वय केलियन एमबाप्पे र नेमारविहीन उत्रिएको पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रान्सको घरेलु लिग फुटबल लिग वानको नयाँ सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ।

लोरियन्टसँग उत्रिएको पीएसजीले जित हात पार्न सकेन। पीएसजीले नेमार र एमबाप्पेलाई वैकल्पिक खेलाडीको सूचीमा समेत समावेश गरेको थिएन।

नेमार र एमबाप्पे दुवैलाई यही सिजन बिदा गर्ने योजनामा पीएसजी देखिएको छ। आगामी सिजन अनुबन्धन सकिन लागेकाले नवीकरण नगर्ने निर्णय सुनाएका एमबाप्पेलाई यसै सिजन विक्री गरेर पीएसजी फाइदा लिन चाहन्छ।

विभिन्न क्लबहरूले प्रस्ताव गरिरहेका बेला एमबाप्पेले त्यसलाई स्वीकार गरिरहेका छैनन्। पीएसजीले पहिलो रोजाइको टोलीमा एमबाप्पेलाई प्रशिक्षण गर्न दिएको छैन।

एमबाप्पे लिग वानका पछिल्ला लगातार पाँच संस्करणका सर्वाधिक गोल कर्ता हुन्। उनले प्रतियोगिताको पछिल्ला ५ मध्ये चार सिजन सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि हात पारेका छन्।

पीएसजी नेमारलाई पनि यो सिजन बिदा गर्ने योजनामा छ। यसै सिजनको सुरुवातमा लियोनल मेस्सीले पनि पीएसजी छाडेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *