तालाबन्दी गर्न पुगेका निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जना व्यवसायी पक्राउ – Nepal Press

तालाबन्दी गर्न पुगेका निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जना व्यवसायी पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले विभिन्न मागहरु राख्दै तालाबन्दी गर्न खोजेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लामासहित ४५ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले निर्माण व्यवसायी महासंघका उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जना भन्दा बढी  निर्माण व्यवसायीलाई पक्राउ गरेको हो । उनीहरु आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए ।

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले सरकारी कार्यालयमा तालाबन्दी गर्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको बताए।

‘सरकारी कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्न खोज्नु भयो। धर्ना बस्न पाइयो तर तालाबन्दी गर्न त पाइएन नी’, एसएसपी शाहले भने।उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । नियन्त्रणमा लिइएकालाई छाड्न लागिएको प्रहरीले जनाएको छ।

निर्माण भुक्तानी नपाएको लगायतकाे विभिन्न माग राख्दै निर्माण व्यवसायीहरु केही दिनदेखि आन्दोलित बनेका थिए । नेपाल निर्माण व्यवसायी महासंघले घोषित तेस्रो चरणको आन्दोलन अर्न्तगत सरकारी कार्यालयमा ताला लगाई धर्ना दिन पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर