सीके राउतकै क्षेत्रमा पुगेर जनजागरण अभियान थाले कारबाहीमा परेका शिवचन्द्र कुशवाहा – Nepal Press

सीके राउतकै क्षेत्रमा पुगेर जनजागरण अभियान थाले कारबाहीमा परेका शिवचन्द्र कुशवाहा

जनकपुरधाम । जनमत पार्टीले कारबाही गरेका शिवचन्द्र कुशवाहा सप्तरी पुगेर जनजागरण अभियान सुरु गरेका छन् ।

माओवादी छाडेर कुशवाहा गत वैशाखमा भएको उपनिर्वाचनमा जनमत पार्टीमा प्रवेश गरेर बारा २ बाट लडेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवबाट पराजित उनलाई गत साउन ३ मा जनमत पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्‍यो ।

जनमतबाट निकालिएको एक महिना नबित्दै कुशवाहा जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतकै निर्वाचन क्षेत्रमा पुगेर जनजागरण अभियान सुरु गरेका हुन् ।

मधेशी पत्रकार समाजको समन्वयमा राजविराजमा कुशवाहाले पत्रकार सम्मेलन गरी जनजागरण अभियानको शुभारम्भ गरे ।

उनले भने, ‘जनताको म्यान्डेड बुझ्न जनजागरण अभियान यहाँबाट सुरु गरेका छौँ ।’ अभियान ३ महिना चल्ने र मधेशका सबै जिल्ला पुग्ने उनले बताए ।

पुर्वमन्त्री समेत रहेका कुशवाहाले सीके राउतले आफूसँग गरेको वाचा पुरा नगरेको र सो विषयमा नै असन्तुष्टि राख्दा कारबाही गरेको बताए । उनले पार्टीमा आएर चुनाव लड्दा पद र निर्वाचनमा आर्थिक सहयोग पनि गर्ने प्रतिबद्धता सीके राउतले जनाए पनि पूरा नगरेको खुलाए ।

‘प्रतिबद्धता अनुसार आर्थिक सहयोग मागेपछि राउतले टिकट दिनु सस्तो नभएको प्रतिक्रिया दिनुभयो,’ कुसवाहाले भने, ‘उहाँसँग राजनीतिक र व्यवहारिक ज्ञान तथा सामाजिक अनुभव छैन जसका कारण मलाई पराजितसम्म हुनुपर्यो ।’

राजनीति ज्ञान नहुँदा निर्वाचन क्षेत्रमा बाहिरका धेरै व्यक्ति बोलाएर संगठन बनाउने काम मात्रै सीके राउतले गरेको नेता कुशवाहाको आरोप छ । नयाँ पार्टी गठन गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘अहिले त्यसबारे सोचेको छैन । तर अभियानका क्रममा जनताको म्यान्डेड बुझेपछि त्यो पनि हुनसक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर