कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम गर्दै – Nepal Press

कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसले नेपाली युवाले सामना गरिरहेका चुनौती र आवश्यकताहरूलाई सम्बोधन गर्ने नीति तयार पार्न पोलिसी ह्याकाथन कार्यक्रम घोषणा गरेको छ ।

शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले युवा र नीति निर्माण प्रक्रियाबीचको खाडल हटाउन पोलिसी ह्याकाथनको घोषणा गरेको हो ।

प्रतियोगितामा नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत ४० वर्ष उमेरसम्मका नेपाली नागरिकले भाग लिन पाउने कांग्रेस सहमहामन्त्री जीवन परियारले जनकारी दिए ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा खुल्ला गरिएको आवेदन भाद्र ३ गते बन्द हुने, भाद्र पाँच गते १० टोली छनोट हुने र भाद्र ९ गते पार्टी कार्यालयमा फाइनल हुने परियारले बताए ।

प्रतियोगितामा तीन हजारदेखि पाँच हजारसम्मको नीति पत्र तोकिएको ढाँचामा प्रस्तुत गर्नुपर्ने उनले बताए ।

प्रतियोगितामा पहिलो हुनेले तीन लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार प्राप्त गनेछन् ।

शीर्ष तीन टोलीको अवधारणापत्र र उत्कृष्ट विचार नीति निर्माणका क्रममा ग्रहण गर्ने सहमहामन्त्री परियारले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर