समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बस्न जरुरी छैन : नेता खनाल (भिडिओ) – Nepal Press

समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बस्न जरुरी छैन : नेता खनाल (भिडिओ)

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गरे ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको समेत बताए । सम्मानित नेता खनालले आफ्नो पार्टीको समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्ने गरी संगठन बिस्तार गर्न पनि खेलकुद क्षेत्रमा आबद्ध पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

त्यस अवसरमा सम्मानित नेता खनालले सबै खेलाडीहरूलाई उत्साहका साथ खेल क्षेत्रको विकासमा लाग्न पनि आग्रह गरे ।


प्रतिक्रिया

One thought on “समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बस्न जरुरी छैन : नेता खनाल (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर