ओलीको व्यंग्य- सरकारको विरुद्ध दुई दिन बोल्नुस् त सुनिल शर्मा बनाइदिन्छन् (भिडिओ) – Nepal Press

ओलीको व्यंग्य- सरकारको विरुद्ध दुई दिन बोल्नुस् त सुनिल शर्मा बनाइदिन्छन् (भिडिओ)

‘सुन प्रकरणले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो, भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा आफूहरुले सत्यतथ्य बोल्छ भनेर सदनमा सत्ता पक्षले बोल्न नदिएको आरोप लगाएका छन् ।

पुस्तक लोकार्पण कार्यक्रममलाई सम्बोधन गर्दै उनले भने, ‘सुन प्रकरणमा प्रतिपक्षले सत्य बोल्छ भनेर सदनमा बोल्न दिँदैन । उठेर विरोध गरिहाल्छ । यसको जरासम्म पुग्नुपर्छ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो । भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको छ । अर्थतन्त्र यस्तो भइसक्यो । गर्ने गराउने आफूहरु, अनि कसैलाई छाड्दिनँ भनेर फाइफुइ गर्ने ।’

उनले सुनिल शर्मालाई पक्राउ गरेकोप्रति सरकारको आलोचना गरे ।

ओलीले भने, ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो ? गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी । दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने ? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन् । अब त एउटा निवेदन कुखुरा चोरेको भनेर निवेदन हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई । दुई महिना, ६ महिनापछि अब बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाड्दिन्छ ।’


प्रतिक्रिया

One thought on “ओलीको व्यंग्य- सरकारको विरुद्ध दुई दिन बोल्नुस् त सुनिल शर्मा बनाइदिन्छन् (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर