अन्तत: कपनमा चल्यो बालेनको डोजर, यस्ताे भयाे दुवैतिरका वडाध्यक्षबीच सहमति – Nepal Press

अन्तत: कपनमा चल्यो बालेनको डोजर, यस्ताे भयाे दुवैतिरका वडाध्यक्षबीच सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ । बुढानिलकण्ठ नगरपालिका- १० र काठमाडौं महानगरपालिका- ७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु गरेको हो ।

हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन । आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि  खाेला खाेल्ने सहमति भएपछि डोजर चलाएको महानगर प्रहरीले बताएको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १०,१२ तथा काठमाडौं महानगरपालिका वडा नं ६ ७ को सिमा एकिन गरि नापनक्सा गर्न  नापी कार्यालय चाबहिलमा पुगेका महानगरको वडा नं ६, ७ का वडा अध्यक्ष र बुढानिलकण्ठको १०,१२ का वडा अध्यक्षबीच तीन बुँदे सहमति भएको थियो ।

धोबीखोलादेखि साततल्ले सम्मको बुनपा १० र कामनपा ७ को सिमा भागमा नापजाँच भई वाल लगाई सकिएकाले उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाईप निकाल्ने सहमति भएको छ । साथै आवागमन गर्ने स्थान धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो ,साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार महानगरले बेलिब्रीज (पुल निर्माण) गर्नुपर्नेछ ।

साततल्ले चोकदेखि माथि बुनपा १०, १२ र कामनपा ६ मा दुबै तर्फका जग्गाधनीको नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर र नगरपालिकाको सिमाना र खहरे भाग रेखांकन गरि छुट्याउने सहमति भएकाे छ ।

साथै नापजाँचबाट सिमा एकिन गरि खहरे भाग समेत छुट्याएपछि, दिर्घकालिन समस्या समाधान हुने गरी योजना बनाई खहरे तथा बाटो ब्यबस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाअध्यक्षहरुको लिखित सहमतिमा दोश्रो चरणको काम सुरु गर्ने सहमति पत्रमा उल्लेख छ ।

साथै दुबै तर्फबाट काममा सहजीकरण गरि बिबाद निरुपण गर्ने सहमति गरिको सँगै खोला खुल्ला गर्ने काम सुरु भएको हो । छलफलमा काठमाडौं महानगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष अध्यक्ष बिमल होडा वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामा र बुनपाको तर्फबाट वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई र १२ नम्बरका वडाध्यक्ष शम्भु भट्टराईले सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *