एमालेले जनताको मुद्दा रोकेर संसदीय अभ्यासलाई कमजोर बनाएको कांग्रेसको आरोप – Nepal Press

एमालेले जनताको मुद्दा रोकेर संसदीय अभ्यासलाई कमजोर बनाएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेर जनताको एजेण्डा रोकेको आरोप लगाएको छ । पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले एमालेले संसदीय अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘सरकारलाई संसदप्रति जवाफदेही बनाउनु नै हाम्रो संसदीय मान्यताभित्र पर्छ । तर, जनताको कुरा उठाउने संसद प्रमुख प्रतिपक्ष दलले निरन्तर अवरोध गरिरहेको छ । जुन आपत्तिजनक हो । हामीले निकै प्रयत्न ग¥यौं । जस्तो भन्सारबाट सुन गैरकानूनी ढंगले आएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । यो अनुसन्धानलाई प्रभावकारी हुन दिऔं । राज्यका छानबिन गर्ने निकायले काम गरिरहेका छन् ।’

उनले राज्यको निकायलाई छानबिन गर्न दिएर संसदीय अनुगमन गर्न कार्यव्यवस्था परामर्श समितिको बैठकमा आफूले प्रस्ताव गर्दा पनि एमालेले नमानेको बताए ।

लेखकले भने, ‘राज्यका अंगलाई काम गर्न दिएर संसदलाई पनि क्रियाशील बनाऔं भन्दा पनि प्रतिपक्षी दल जनताको विषयलाई रोकेर संसदीय अभ्यासलाई रोकेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर