एसिया कप क्रिकेटमा बंगलादेशको कप्तानी अलराउन्डर सकिब अल हसनले गर्ने – Nepal Press

एसिया कप क्रिकेटमा बंगलादेशको कप्तानी अलराउन्डर सकिब अल हसनले गर्ने

काठमाडाैं। आसन्न एसिया कप क्रिकेटमा बंगलादेशी टोलीको कप्तान अलराउन्डर सकिब अल हसनले गर्ने भएका छन्।

तामिम इकबालले कप्तानी छाड्ने निर्णय गरेपछि बंगलादेशी टोलीमा कप्तान रिक्त थियो।

बंगलादेश क्रिकेट बोर्डले सकिब अल हसनलाई जिम्मेवारी दिइएको जनाएको छ। सकिबले यसअघि पनि बंगलादेशको कप्तानी गरिसकेका छन्।

एसिया कपको पहिलो चरणमा बंगलादेशले अफगानिस्तान र श्रीलंकासँग खेल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर