गौर हत्याकाण्डबारे जसपा- हाम्रो पार्टीका नेतालाई फसाउन खोजियो, सरकारमा रहने वा नरहने सरकारकै व्यवहारबाट थाहा हुन्छ (भिडिओ) – Nepal Press

गौर हत्याकाण्डबारे जसपा- हाम्रो पार्टीका नेतालाई फसाउन खोजियो, सरकारमा रहने वा नरहने सरकारकै व्यवहारबाट थाहा हुन्छ (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानविन गर्ने भन्दै सहमति गरेर आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको बताए ।

उनले भने, ‘हामी सरकार, गठबन्धन र समाजवादी मोर्चामा छौं । सरकारमा रहने वा नरहने सरकारको व्यवहारबाट थाहा हुन्छ ।’

उनले उक्त घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने बताए । त्यो घटनाको सत्यतथ्य छानिबन गर्नुपर्ने उनकाे भनाइ छ  ।


प्रतिक्रिया

One thought on “गौर हत्याकाण्डबारे जसपा- हाम्रो पार्टीका नेतालाई फसाउन खोजियो, सरकारमा रहने वा नरहने सरकारकै व्यवहारबाट थाहा हुन्छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर