भोजपुरमा युवा संघको अभियान- भत्किएको सडक मर्मतमा श्रमदान (भिडिओ) – Nepal Press

भोजपुरमा युवा संघको अभियान- भत्किएको सडक मर्मतमा श्रमदान (भिडिओ)

भोजपुर । नेकपा एमालेनिकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालले भोजपुर बजारको सडक मर्मत गरेको छ । ठाउँठाउँ सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि स्थानीयबासीसँग समन्वय गरी श्रमदानमार्फत खाल्डाखुल्डी पुरिएको हो ।

नगर कमिटीको आयोजनामा गरिएको श्रमदानमा एमाले जिल्ला अध्यक्ष शरणकुमार राई, भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पालगायतका जनप्रतिनिधि, युवा-विद्यार्थीहरू सहभागी थिए । युवा संघको श्रमदान अभियानमा खाल्डाखुल्डी सडक पुन: ढलान गरिएको छ ।

उपमेयर शेर्पाले ढलानका लागि आवश्यक सिमेन्ट, बालुवालगायतका सामग्री व्यक्तिगतरूपमा सहयोग गरेकी थिइन् ।

युवा संघले जिल्लामा ‘एक युवा पाँच बिरुवा’ अभियान सुरू गरेको छ । त्यस्तै श्रमदान अभियानअन्तर्गत डेंगु तथा आँखा पाक्ने रोगबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जनचेतनामूलक कार्यक्रम बजार तथा ग्रामीण केन्द्रको सरसफाइमा युवा पंक्ति परिचालन गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विमल रणपहेंलीले बताए ।

शरणकुमार राईले पार्टी नेतृत्व सम्हालेयता विशेषगरी युवा तथा पार्टी पंक्तिलाई नवीनतम काममा परिचालन गर्दै आएका छन् । त्यस्ता काममा अध्यक्षलगायतको जिल्ला नेतृत्व सँगै खट्ने हुनाले कार्यकर्तामा उत्साह थपिएको युवा संघ नगर कमिटी अध्यक्ष दिपेन दर्नालले बताए ।

पार्टी गतिविधि अतिरिक्त स्थानीय विकास र जनतासँग प्रत्यक्ष सरोकारका विषयमा खटिँदा देश निर्माणको लागि युवाहरूमा समेत सकारात्मक सोचको विकास हुने अध्यक्ष राईको भनाइ छ ।

‘सबै काम सरकार र पालिका ताकेरमात्र हुँदैन हामी आफ्नो गाउँठाउँको विकास आफैँ खटेर गर्न सक्छौं भन्ने उदाहरण दिन खोजिएको हो । यसमा पार्टीलाई जनताले पनि उत्साही रूपमा साथ दिनुभएको छ । गाउँगाउँसम्म यो अभियानलाई लैजान्छौं’, राईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर