सुन तस्करीमा तथ्यले मन्त्रीहरूको संलग्नता देखिइसक्यो: सांसद भगवती न्यौपाने – Nepal Press

सुन तस्करीमा तथ्यले मन्त्रीहरूको संलग्नता देखिइसक्यो: सांसद भगवती न्यौपाने

उच्चस्तरीय छानबिन समिति चाहिन्छ

काठमाडौं । नेकपा एमालेकी सांसद भगवती न्यौपानेले सुन प्रकरणमा राज्यकै निकाय र मन्त्रीहरू नै संलग्न भएको तथ्यले पुष्टि हुँदै गएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक भएको बताएकी छन्।
राष्ट्रियसभाको बैठकमा बोल्दै सरकार आफैंले सदन खोल्न चासो नदिएको बताइन् ।

उनले भनिन्, ‘सुन प्रकरणमा मन्त्रीहरूकै संलग्नता छ भन्ने तथ्यहरूले पुष्टि गरेको छ । राज्यका निकायहरूको मिलेमातोमा तस्कारीको काम भइरहेको छ । हामीले तथ्यसहित प्रस्तुत भइरहेको छौं । हामीले सामान्य विषयमा सदन अवरुद्ध गरेका होइन । क्विन्टल सुन एयरपोर्टबाट कसरी आउँछ ? सेटिङविना सम्भव छैन । राज्यको निकाय र मन्त्रीहरूलाई पनि बयान लिनको लागि उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छौं । त्यो मागलाई बेवास्ता गरेर सदन चल्न नदिने सरकाररबाट काम भइरहेको छ ।’

सरकार जनताप्रति संवेदनहीन भएको उनको दाबी छ । सरकार प्रतिपक्षीलाई दोष थुपारेर आफू उम्किन खोजेको न्यौपानेले आरोप लगाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर