सीआईबीद्वारा थप एक डाक्टर पक्राउ – Nepal Press

सीआईबीद्वारा थप एक डाक्टर पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक चिकित्सकलाई पक्राउ गरेको छ ।

डाक्टरहरूको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा ‘फोक्सट्रोट चार्ली’ अपरेसनअन्तर्गत इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो । यो प्रकरणमा अहिलेसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।

हिजो साँझ टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी, अर्का चिकित्सक रन्जितकुमार यादवलाई पनि पक्राउ गरिएको थियो ।

कांग्रेस सांसदसमेत रहेका सुनिल शर्मालाई पनि यही आरोपमा पक्राउ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *