लमजुङका ९३ वर्षीय पूर्णबहादुर बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भने- भ्रष्टाचारविरोधी अभियानले खुशी छु – Nepal Press

लमजुङका ९३ वर्षीय पूर्णबहादुर बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भने- भ्रष्टाचारविरोधी अभियानले खुशी छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लमजुङको दूधपोखरी गाउँपालिका- ३ सानोकाप्रेका ९३ वर्षीय पूर्णबहादुर गुरुङ ‘डाँफे’सँग भेटेका छन् । पार्टी केन्द्रीय सल्लाहकारसमेत रहेका गुरुङले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटेका हुन् ।

भेटमा गुरूङले प्रधानमन्त्रीले चालेको भ्रष्टाचारविरोधी कदमले आफू धेरै खुशी भएको र देश निर्माणका लागि यो कदमबाट पछि नहट्नसमेत आग्रह गरे ।

भेटमा विगतमा आफू हिँडेको जङ्गलैजङ्गलको बाटोमा ट्र्याक खुलेको र त्यसलाई स्तरोन्नति गर्न सहयोग गरिदिन गुरुङले आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर