शरीरविनाको टाउको पोस्टमार्टमको लागि काठमाडौं पठाउने तयारी – Nepal Press

शरीरविनाको टाउको पोस्टमार्टमको लागि काठमाडौं पठाउने तयारी

जनकपुरधाम । शरीरसँग छुट्टिएको अवस्थामा फेला परेको युवकको टाउको पोस्टमार्टमका लागि काठमाडौं पठाइने भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका- ९ स्थित लखनदेही खोला किनारमा आज बिहान युवकको टाउको फेला परेको थियो । अन्दाजी ३०/३१ वर्षीय युवकको टाउको रहेको छ । टाउको रहेको व्यक्तिको शरीर भने फेला परेको छैन ।

हत्या भएको व्यक्तिको शरीर खोज्न दर्जनौं प्रहरी र तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । यद्यपि शरीर फेला नपरेपछि टाउकोकै पोस्टमार्टम गरिने भएको छ ।

तर, शरीर नै नरहेको अवस्थामा टाउकोको मात्रै पोस्टमार्टम कसरी गर्ने भन्नेबारे चिकित्सक नै अन्योलमा परेका छन् । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले भने, ‘टाउकोको पोस्टमार्टम कसरी गर्ने ? आइडिया नै भएन भनेर चिकित्सकले भनेपछि काठमाडौं पठाउने सल्लाह भएको छ ।’

टाउको फेला परेको व्यक्तिको पहिचान पनि खुल्न सकेको छैन । टाउको हेर्दा चिन्न सकिने अवस्था छ । तर पनि पहिचान नखुलेको डीएसपी थारुले बताए । नदीमा बगेर आएको हुनसक्ने अनुमान रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *