मोटरसाइकल चोरीको सूचना प्रहरीलाई जाने जीपीएस प्रविधि ‘लोकोमो’ नेपालमा पनि सुरु – Nepal Press

मोटरसाइकल चोरीको सूचना प्रहरीलाई जाने जीपीएस प्रविधि ‘लोकोमो’ नेपालमा पनि सुरु

काठमाडौं । घर, अफिस तथा सुरक्षित पार्किङबाटै नेपालमा दैनिक ५ वटासम्म दुई पांग्रे सवारीसाधन हराउने र चोरी हुने गर्छ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायतका समस्या प्रविधिको प्रयोगले समाधान गर्न अब भने केही सहज हुने विश्वास गरिएको छ ।

अमेरिका र नेपालमा गरिएको दुई वर्ष लामो प्राविधिक अन्वेषण, अमेरिकाको नियामक निकाय एफसीसी र नेपालकै सञ्चार मन्त्रालयको स्वीकृतिपछि मोटरसाइकल चोरी रोक्ने र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसहित जीपीएस प्रविधिमा आधारित ‘लोकोमो’ नेपालमा औपचारिक रूपमा प्रवेश भएको छ ।

लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी नियन्त्रण, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीका ब्रान्ड एम्बासडर तथा मिडियाकर्मी सुरजसिंह ठकुरी बताउँछन् ।

लोकोमो कार्य विभाग प्रमुख अनिता देवकोटाका अनुसार कुनै सार्वजनिक स्थानमा सवारी छोडेर जान परे लोकोमो मोबाइल एपबाट ‘स्मार्ट लक’ गर्नुहोस्, चोरी गर्न कसैले तार काटे पनि मोटरसाइकल स्टार्ट हुँदैन । कुनै अनधिकृत व्यक्तिले लगिहाले पनि मोबाइल फोनबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने, अनि मोबाइलमा हेरेरै आफ्नो सवारीसाधनको लोकेशन पत्ता लगाउन सकिनेछ ।

तर, त्यति हुनु अगाडि नै लोकोमोले मोबाइलमा सूचना पठाइसकेको हुन्छ । विशेषतः रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन खोजेमा, तार काटेमा अथवा चोरी गर्ने प्रयास गरेमा यसमा रहेको सेन्सर सक्रिय भएर सवारी धनीलाई सूचना पठाउँछ ।

यो प्रविधिको वावजुद चोरी भएको भन्ने यकिन भएमा सवारीधनीले नेपाल प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेशन जानकारी गराउन सक्नेछन् । प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्रयाक गरी कुन रूटमा, कति गतिमा गुडिरहेको छ हेर्दै प्रहरीलाई परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए ।

मोटरसाइकल धनी आफैंले चोरी भएको आफ्नो सवारीको लोकेसन नदिँदासम्म प्रहरीले कुनै पनि मोटरसाइकल तथा स्कुटरको लोकेसन हेर्न भने नसक्ने प्रविधि लागू गरिएको लोकोमोका प्रविधि प्रमुख विक्रममान सिंह बस्नेत बताउँछन् ।

‘चोरी पैठारी रोक्नु, सामाजिक सुरक्षामा सहयोग पु¥याउनु प्रमुख उद्देश्य रहेको छ । तर, नागरिकका व्यक्तिगत गोपनीयता झन् महत्वपूर्ण हुने भएकाले त्यस्ता कुराको हामीले ख्याल राखेका छौं’, बस्नेतले भने ।

उनका अनुसार महिला स्कूटर चालकको रात्रिकालीन सुरक्षा लक्षित यसको अर्को विशेषता ‘सेफ्टी नेट’ रहेको छ । जसले रातको समय यात्रा गर्ने महिला वा पुरुषले आफ्नो रुट र लाइभ लोकेशन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा गरिएको छ ।

एनआईसी एसिया बैंककी अधिकृत स्कुटर चालक नवीना शर्मा लोकोमोले धेरै सजिलो गराएको अनुभव सुनाउँछिन् ।

‘राति घर फर्किंदा अब ढुक्क छ । स्कुटर चलाउँदा फोन गर्न मिलेन, अफिसबाट निस्किने बेला मोबाइलमा सेफ्टीनेटको बटन दियो, बुवाआमा स्कुटरको लोकेशन हेर्दै छोरी कहाँ आइपुगी भन्दै कुरेर बस्नुहुन्छ । घर अगाडि पुग्दा ठ्याक्कै ढोका खोल्न आइ पुग्नुहुन्छ’, शर्मा भन्छिन् ।

प्रहरीका अनुसार तेज गति, लेन अनुशासन, ट्राफिक नियमको उल्लंघन बढी मात्रामा दुई पांग्रे सवारीसाधनका चालकबाट हुने गर्छ र तिनका परिवारका सदस्यलाई आफ्ना छोराछोरी, भाइबहिनीको सुरक्षाबारे सधैं त्रास रहिरहन्छ । ‘धेरै स्पीड नगर’ भन्नेबाहेक अरु उपाय पनि छैन । ट्राफिक कारबाहीका अतिरिक्त त्यस किसिमका गतिविधिहरू नियन्त्रण गर्न परिवारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अब भने यो प्रविधिले अभिभावकलाई आफ्ना परिवारका सदस्यको दिनभरिको गति, गन्तव्य, रुट हेर्न सहज हुनेछ र त्यस्ता गतिविधि केही हदसम्म नियन्त्रण गर्न यो प्रविधि सहयोगी हुने कम्पनीले दाबी गरेको छ ।

रात्रिकालीन अथवा राजमार्ग यात्रा गर्दा मोटरसाइकल अथवा स्कुटर बिग्रिएको अवस्थामा आफ्नो सबैभन्दा नजिकको वर्कशपबाट प्राविधिक बोलाउन सकिने सुविधाले गर्दा लोकोमोमा दुई पांग्रे सवारीधनीहरु अझै आकर्षित हुने साइन अटो होमका सञ्चालक विश्व श्रेष्ठ बताउँछन् ।

साथै समूह बनाएर मोटरसाइकलमा लामो यात्रामा निक्लिने युवा लक्षित अर्को फिचर ‘राइड क्रु’ले गर्दा अब घुम्न निस्किँदा बाटोमा को कहाँ पुग्यो भन्दै फर्की फर्की पछाडि हेर्न नपर्ने श्रेष्ठ बताउँछन् ।

‘लोकोमो मोबाइल एपमा समूह बनाएपछि निश्चित समयको लागि सबैको लोकेशन मोबाइलमै हेर्न मिल्ने र चिया नास्ता खाने, रोक्ने बस्ने ठाउँको चयन र व्यवस्थापन गर्न निकै सहज हुनेछ’, श्रेष्ठले भने ।

पाँच अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिह्न प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटरसाइकल, स्कुटरर, चार पांग्रे सवारीमा जडान गर्न सकिने यसको प्रवर्द्धक कम्पनी सेन्टिनेल ल्यावले जनाएको छ । बालाजुस्थित साइन अटो होमले लोकोमो देशव्यापी बजार व्यवस्थापनको जिम्मा पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर