रमेश लेखकलाई प्रश्न- उच्चस्तरीय छानबिन समितिको अडानबाट एमाले ब्याक नभएपछि कांग्रेस पनि तयार हो ? (भिडिओ) – Nepal Press

रमेश लेखकलाई प्रश्न- उच्चस्तरीय छानबिन समितिको अडानबाट एमाले ब्याक नभएपछि कांग्रेस पनि तयार हो ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले सदनमा प्रमुख प्रतिपक्षी दलबाट भइरहेको अवरोध हटाउन आफूहरु प्रयत्नशील रहेको बताएको छ । संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सदनको अवरोध अन्त्य होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए ।

एमाले उच्चस्तरीय छानबिन समितिको अडानबाट पछि नहटे कांग्रेसले के गर्छ भन्ने प्रश्नमा उनले भने, ‘हामीले सहमति होस् भन्ने प्रयत्न गरेका हौं । तर, सहमति हुन सकेको छैन । हाम्रो प्रयत्न हाउसको अवरोध अन्त्य होस् भन्नेमै छ । अहिले सदन अवरुद्ध हुँदा जनताको धेरै विषय छलफल हुन सकेको छैन । जनताको एजेण्डामा छलफल हुन सकेको छैन ।’

सदनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने वातावरण बनाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रमुख सचेतक लेखकले बताए । सदनमा विचाराधीन र सरकारले ल्याउनुपर्ने विधेयकहरु पनि अलपत्र परेकाले चाँडोभन्दा चाँडो सदनको अवरोध हटाउनुपर्ने उनको भनाइ छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार तत्काल समिति गठन नगर्ने पक्षमा उभिँदा सदन खुलाउने विषयमा सहमति बन्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर