वीरेन्द्रनगरको शीत भण्डारमा भ्रष्टाचार, कर्णाली सरकारका तत्कालीन सचिवसहित ९ जनाविरुद्ध मुद्दा दर्ता – Nepal Press

वीरेन्द्रनगरको शीत भण्डारमा भ्रष्टाचार, कर्णाली सरकारका तत्कालीन सचिवसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रको शीत भण्डार निर्माणमा भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव राजेन्द्रप्रसाद भारीसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका तत्कालीन सचिव भारीसहित सम्बन्धित व्यक्तिहरु उपर ९२ लाख ४३ हजार बिगो दाबीसहित मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर