महानगरले खोला खोल्ने तयारी गर्दा कपनका स्थानीय दुई धारमा (भिडिओ) – Nepal Press

महानगरले खोला खोल्ने तयारी गर्दा कपनका स्थानीय दुई धारमा (भिडिओ)

डोजर लगेर राजु पाण्डेले भनेः मेयर सा’बको आदेशबाट दायाँबायाँ हुँदैनौं

काठमाडौं । कपनमा अतिक्रमित खोलालाई खोल्ने विषयमा काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका जनप्रतिनिधिहरू छलफलमा जुटेका छन् । काठमाडौं महानगपालिकाले भने डोजर पठाएर खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेको छ ।

कपन क्षेत्र काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकामा बाँडिएको छ । बूढानीलकण्ठ नगरपालिका क्षेत्र अग्लो स्थानमा भएकाले त्यहाँका स्थानीयहरू खोला खोल्न नदिने पक्षमा छन् । उनीहरूले बिहान महानगरको टोलीलाई अवरोध गरेका थिए । स्ल्याब भत्काउँदा बाटो साँघुरो हुने र आवागमन असहज हुने उनीहरूको दाबी छ ।

यता महानगरतर्फका स्थानीय वासिन्दा भने खोला खोल्नुपर्ने पक्षमा छन् । खोला मिचेर बाटो बनाउँदा आफूहरूको क्षेत्र डुबानमा परेको उनीहरूको तर्क छ ।

एक स्थानीय भन्छन्, ‘हामी बालेनको समर्थनमा छौं । खोलाको सिमाना नापेर स्ल्याब भत्काउनुपर्छ ।’

बूढानीलकण्ठतर्फका बासिन्दा भने खोलाको सिमाना अतिक्रमण नभएको दाबी गर्छन् । स्ल्याब भत्काउँदा आफ्नो घर प्रभावित बन्न सक्ने र बाटो साँघुरो हुने उनीहरूलाई चिन्ता छ ।

महानगर प्रहरी भने स्ल्याब जसरी पनि भत्काउनुपर्ने अडानमा छ । नगर प्रहरी प्रमुख राजु पाण्डेले जनप्रतिनिधिहरूबीच छलफल भइरहेकाले आफूहरूले पर्खिएको बताए ।

‘हामीसँग अमिन छन्, नापेर देखाइदिन सक्छौं । तर, उहाँहरू भाग्न खोज्दै हुनुहुन्छ,’ पाण्डेले भने ।

उनले थपे, ‘यहाँको खहरे खोला मासेर मान्छेसमेत बगाएको छ । यसले हाम्रो मेयर साबलाई पोलिरहेको छ । उहाँले स्पष्ट निर्देशन दिनुभएको छ । हामी त्यसबाट दायाँ बायाँ हुँदैनौं ।’

खोला खोल्ने विषयमा बूढानीलकण्ठको मेयर पनि सकारात्मक नै पाएको उनले बताए ।

यो क्षेत्र कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा पर्छ । हरेक पटक ठूलो वर्षा हुँदा यहाँ डुबान हुने गरेको छ ।


प्रतिक्रिया

One thought on “महानगरले खोला खोल्ने तयारी गर्दा कपनका स्थानीय दुई धारमा (भिडिओ)

  1. खाेला लाई स्ल्याबले छाेप्नु वा स्ल्याब हटाउनु मुख्य कुरा हाेइन तर खाेला खुला भए पनि छापिएको भए पनि, खाेला बग्ने बाटो चाहिँ ठूलो र फराकिलो हुनु पर्याे। खाेलाकाे छेउमा बनेकाे घरहरूले खाेेला साँघुरो बनाएको हरेक घरचाहिँ १० तले नै भए पनि भत्काउँनै पर्छ। एक पैसा दिनु पर्दैन। खालको बाटो छेकेर घर बनाउने समाजिक अपराधी हाे।
    स्ल्याबले छाेप्नु परे पनि खाेलाकाे चौँडा चाहिँ चाहिँदो फराकिलो हुनु पर्छ, पर्खाल र गहिराइले काम गर्दैन, पानिले आफ्नो सतह कहिल्यै पनि छाड्दैन । खाेलामा ढल पनि मिसाउनु हुँदैन। फोहरकाे सदुपयोग गरियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर